सैनिक कारबाहीमा चार जना विद्रोही मारिए

एजेन्सी

विहीबार, १८ फागुन २०७९, १४ : ०२
सैनिक कारबाहीमा चार जना विद्रोही मारिए

एजेन्सी । मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका छन् । नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक शहरको बाहिरी भागमा बुधबार गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले आज बताएका हुन् । 

कर्णेल जोरी बाक्लोरका अनुसार सेनाले  ग्रेनेड लन्चर, एक ४७ राइफललगायत विभिन्न हातहतियार पनि बरामद गरेको छ । मारिएकाहरू न्यू पिपल्स आर्मी (एनपीए) का सदस्य भएको आशङ्का गरिएको छ । 

प्रतिक्रिया दिनुहोस