चन्द्र भण्डारीमा हल्का इन्फेक्सन देखियो

सफल खबर संवाददाता

विहीबार, १८ फागुन २०७९, ११ : ०३
चन्द्र भण्डारीमा हल्का इन्फेक्सन देखियो

काठमाडौँ । १५ दिनदेखि मुम्बईस्थित बर्न सेन्टरमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारीमा हल्का इन्फेक्सन देखिएको छ । भण्डारीका सहयोगी योगराज कडेलले  हल्का इन्फेक्सन (संक्रमण) देखिएकोले एन्टीवायोटिक्स चलाइएको चिकित्सकलाई उदृत गर्दैै सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

यद्यपि ज्वरो भने नआएको र  अरु पारामिटर सवै सामान्य रहेको उनको भनाइ छ । उनका अनुसार आज ड्रेसिङको काम हुनेछ । भण्डारीको उपचार आईविसियु (आईसियु) को प्रोटोकल अनुसार भइरहेको छ ।