बारा । मृत्यु हुनेमा सन्तबहादुर दर्लामीको ४५ वर्षीय छोरा जापाङ दर्लामी रहेका छन्।
दर्लामीलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै उनको मृत्यु भएको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिएका छन्। जंगली हात्तीको आक्रमणबाट दर्लामीको मृत्यु भएपछि स्थानीय आतंकित बनेका छन्। स्थानीय रमेश सापकोटाका अनुसार दर्लामीलाई आक्रमण गर्ने हात्ती बस्ती वरपर घुमिरहेको छ।
हात्ती बस्तीमा आउने क्रम नरोकिएपछि स्थानीयहरु भाग्न थालेको र साँझसम्म त्रासको स्थिति रहेको सापकोटाले सुनाएका थिए। हात्तीको बथानबाट छुटिएर हिँडेको एक्लो हात्तीको आक्रमण पटक पटक हुँदै आएको छ।
घर नजिकैको जङ्गलमा गाई बस्तुका लागि सोत्तर पतकर लिन गएका समय आक्रमणमा परेको निजगढ इलाका प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक संजिब ओलीले बताए। केही दिन अघि मात्र जीतपुरसिमरा २१ अम्मेखगञ्जकी ५१ वर्षिया रुकैदा खातुनको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु