प्रदेश १

प्रदेश १ को नाम कोसी पारित, पक्षमा ८२ जनाले हात उठाए

सफल खबर संवाददाता

बुधबार, १७ फागुन २०७९, १६ : २०
प्रदेश १ को नाम कोसी पारित, पक्षमा ८२ जनाले हात उठाए

विराटनगर । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । कोशी प्रदेश हुनुपर्ने भन्दै नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका छन् । उक्त प्रस्तावको विषक्षमा भने चार जनाले हात उठाए ।

अब उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ । कोसीको प्रस्तावमा ध्वनी मत आएपछि किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको छ । यस प्रस्तावमा छलफल नै नहुने भएको छ । 

प्रतिक्रिया दिनुहोस