काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐनसँग सरकारको भविष्य निर्धारण हुने बतााएका छन् ।
जनपुरधाममा बुधबार मधेश प्रज्ञा प्रतिष्ठानको उद्घाटन गर्दै अध्यक्ष यादवले संघीय सरकारले तत्काल यी दुई विधेयक पारित गर्नुपर्ने बताए ।‘अहिलेको सरकारले दुईवटा काम तत्काल गर्नुपर्छ । संघीय निजामती ऐन यथाशीघ्र पास गरेर प्रदेश कर्मचारी तन्त्र स्थापित र प्रहरी समायोजन गरेर प्रदेशलाई हस्तान्तरण’, यादवले भने, यही दुईवटा काममा यो सरकारको भविष्य निर्धारण हुन्छ ।’
प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र स्रोत साधन नहुँदा चाहे अनुसार काम गर्न नसकेको उनको भनाइ छ । ‘एउटा आर्मीको गार्ड लिएर घुम्दैमा सरकार हुँदैन । आफ्नो प्रहरी प्रशासन, कर्मचारी, कानुन, अदालत र स्रोत चाहिन्छ’, यादवले भने ।उनले संघीयता र लोकतन्त्रको विकल्प एकात्मक प्रणाली हुनै नसक्ने दावी समेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ फागुन २०७९, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता