कांग्रेस-माओवादी सहकार्य राजनीतिक स्थिरताको पक्षमा : विमलेन्द्र निधि

सफल खबर संवाददाता

बुधबार, १७ फागुन २०७९, ११ : २१
कांग्रेस-माओवादी सहकार्य राजनीतिक स्थिरताको पक्षमा :  विमलेन्द्र निधि

जनकपुरधाम । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले कांग्रेस-माओवादी सम्बन्ध पुनः नयाँ ढंगबाट शुरु भएको बताएका छन् ।

नेपाल प्रेस युनियन मधेश प्रदेश कार्यसमितिको पदस्थापना तथा प्रथम बैठकलाई मंगलबार जनकपुरधाममा सम्बोधन गर्दै नेता निधिले कांग्रेस-माओवादी सहकार्य लोकतान्त्रिक गणतन्त्र र संविधानको दीर्घायु तथा राजनीतिक स्थिरताको पक्षमा भएको दाबीसमेत गरे ।

एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैमा अहिलेको सरकार अल्पमतमा नपर्ने पनि उनले बताए । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले पहिले पनि विश्वासको मत दिएको र फेरि दिने भएकाले सरकारमाथि कुनै खतरा नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस