केपी ओली कप फुटबल : फाइनलमा सातदोबाटो र मच्छिन्द्र भिड्दै

सफल खबर संवाददाता

बुधबार, १७ फागुन २०७९, १० : ४२
केपी ओली कप फुटबल : फाइनलमा सातदोबाटो र मच्छिन्द्र भिड्दै

काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गत बुधबार फाइनल खेल हुँदैछ ।

खेल आज दिउँसो ३ बजे दशरथ रंगशालामा सुरु हुनेछ। फाइनल खेलमा सातदोबाटो र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ । नेकपा एमाले निकट युवा संघको आयोजनामा भइरहको खेलको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन् । त्यसैगरी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउनेछन्।

प्रतिक्रिया दिनुहोस