चन्द्र भण्डारीको दाँया र बाँया हातको केही भाग र औँलाको सर्जरी

सफल खबर संवाददाता

बुधबार, १७ फागुन २०७९, ०८ : ३५
चन्द्र भण्डारीको दाँया र बाँया हातको केही भाग र औँलाको सर्जरी

काठमाडौँ । कांग्रेस नेता चन्द्र भण्डारीको दाँया हात र बाँया हातको केही भाग र औँलाको सर्जरी गरिएको छ ।

नेशनल बर्न सेन्टर मुम्बईमा मंगलबार भण्डारीको दाँया हात र बाँया हातको केही भाग र औँलाको सर्जरी गरिएको हो । उपचारमा संलग्न डा. सुनिल केश्वानी र डा. शिल्पा केश्वानीका अनुसार सर्जरी भएको कारण भण्डारीलाई पुनः आईविसियु (आईसियु) मा अव्जरभेसनका लागि राखिएको छ ।  

यद्यपि उनको भाइटल्स (शरीरको तापक्रम, धडकनको गती, स्वास–प्रश्वासको दर, रक्तचाप) सवै सामान्य अवस्थामा रहेका छन् । यसअघि उनको दुबै खुट्टामा पनि सर्जरी गरिएको थियो । आगलागीको घटनामा परी भण्डारी घाइते भएपछि मुम्बईमा उपचाररत भएका हुन् ।