राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन

सफल खबर संवाददाता

मंगलबार, १६ फागुन २०७९, २० : ३६
राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार साँझ अन्तिम नामावली प्रकाशित गरेको हो । 

जसअनुसार शनिबार उम्मेदवारी दर्ता गराएका रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको नामावली कायम भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिका निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा २३ बमोजिम अन्तिम नामावली प्रकाशित गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जनकारी दिए । नामावलीअनुसार वर्णानुक्रमको पहिलो नम्बरमा रामचन्द्र पौडेलको नाम छ ।
 

प्रतिक्रिया दिनुहोस