आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता, विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने

सफल खबर संवाददाता

मंगलबार, १६ फागुन २०७९, १५ : १९
आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता, विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने

काठमाडौँ । आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नेछन ।

सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको हो ।