क्रोएशियासँग इङ्ग्ल्यान्ड पराजित, क्रोएशियालाई फ्रान्ससँग बदला लिने अवसर

सफल खबर संवाददाता

विहीबार, २८ असार २०७५, ०८ : ०४
क्रोएशियासँग इङ्ग्ल्यान्ड पराजित, क्रोएशियालाई फ्रान्ससँग बदला लिने अवसर

मस्कोमा सम्पन्न सेमिफाइनल अन्तर्गत थप गरिएको समय इङ्ग्ल्यान्डलाई हराएपछि क्रोएशिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ ।

खेलको पाँचौ मिनेटमा गोल गरेको इङ्ग्ल्यान्डले १ घण्टा भन्दा लामो समयसम्म अग्रता लिएको थियो । त्यसपछि खेललाई बराबरीमा पुर्‍याएको क्रोएशियाले निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयमा गोल गर्दै १ का विरुद्ध २ गोलले इङ्ग्ल्यान्डलाई हराएको हो ।

अब क्रोएशियाले आइतवार हुने फाइनलमा फ्रान्सको सामना गर्नेछ । क्रोएशियाका प्रशंसकहरूले आफ्नो देश विश्वकपको फाइनलमा प्रवेश गरेसँगै ठूला सहरहरूका गल्ली र चोकहरूमा झण्डा फहराएर खुशीयाली मनाएका छन् ।

फाइनलमा फ्रान्ससँग
इङ्ग्ल्यान्डले अब तेस्रो वा चौथो स्थानका लागि शनिवार बेल्जियमसँग खेल्नेछ । इङ्ग्ल्यान्ड यो समेत गरी सेमिफाइनलमा पुगेर चौथोपटक हारेको हो ।

पाँचौपटकसम्म विश्वकप खेलेको क्रोएशियाले भने पहिलोपटक आफूलाई विश्वकपको अन्तिम दुईमा पुर्याएको हो । यसअघि क्रोएशिया सन् १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग नै पराजित भएको थियो ।

उक्त विश्वकपको उपाधि फ्रान्सले जितेको थियो र त्यसबेला नेदरलेण्डसलाई हराउँदै क्रोएशिया तेश्रो बनेको थियो । २० वर्षपछि सन् १९९८ मा बेहोरेको हारको फ्रान्ससँग बदला लिने अवसर क्रोएशियाले पाएको छ ।

प्रतिक्रिया दिनुहोस