काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन कायम राख्ने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा कुनै निर्णय गरेन ।
बैठकपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने बताए । रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो । ‘अहिलेसम्म हाम्रो निर्णय त्यही हो’ उनले भने ।
१० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।
यो गठबन्धनमा रहेको जसपा, जनमत र नागरिक उन्मुक्तिसहित प्रचण्डले राष्ट्रपति चुनावमा कांग्रेसँग गठबन्धन गरेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् भने समर्थन पनि फिर्ता लिएका छन् । रास्वपा भने यसअघि नै सरकारबाट बाहिरिए पनि समर्थन कायमै राखेको छ ।
सोमबारको बैठकले चितवन–२ मा हुने उपनिर्वाचनका विषयमा छलफल गरेको छ । बैठकले निर्वाचन आयोगमा आवश्यक कागजात बुझाउने अख्तियारी सहमहामन्त्री बुर्लाकोटीलाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ फागुन २०७९, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
भन्सार महसुल छुटका सवारी साधन २० वर्षसम्म बिक्री गर्न नपाइने
कांग्रेसलाई रास्वपाको जवाफ- कुण्ठाको राजनीति छाडेर आउनुस्, कानूनी रूपमा जाऔँ
इलाम-२ मा उम्मेदवारी दर्ता जारी, रास्वपाले ३ बजे मनोनयन दर्ता गर्ने
कांग्रेसले अब देशको नेतृत्व गर्न पाइँदैन भन्ने डरले विरोध गरिरहेको छ : मन्त्री अर्याल
घण्टी बजाउँदै इलाम-२ मा रास्वपाले मिलन लिम्बुलाई गर्यो उम्मेदवार घोषणा