काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रदेश सरकारका विषयमा कुनै निर्णय नभएको बताएका छन् । संघीय सरकारबाट बाहिरिने र समर्थन फिर्ता हुने निर्णय मात्र भएको पौडेलले बताए ।
‘हामीले संघीय सरकारबाट बाहिरिने निर्णय गरेका छौं । सरकारलाई दिएको समर्थन फिर्ता समेत लिएका छौं’ रातोपाटीसँग कुरा गर्दै पौडेलले भने, ‘प्रदेश सरकारका विषयमा कुनै छलफल वा निर्णय भएको छैन । प्रदेश सरकार तत्काल यथावत रहन्छन् ।’
प्रदेश सरकारका विषयमा भने एमालेले परिस्थिति हेरेर निर्णय गर्ने तयारी गरेको छ । एमालेबाट प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा हिक्मत कार्की र गण्डकी प्रदेशमा खगराज अधिकारी मुख्यमन्त्री छन् । अरु प्रदेशमा तत्कालीन सात दलीय गठबन्धनबाट सरकारमा सहभागी भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ फागुन २०७९, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री
विद्या भण्डारीको सदस्यता नवीकरण हुन सक्दैन: विष्णु पौडेल
विधान महाधिवेशनअघि नेतृत्वबारे अनुमान र विभाजित गर्ने काम नगरौँ: विष्णु पौडेल
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु
ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री
अर्थमन्त्री पौडेललाई आज डिस्चार्ज गरिने