काठमाडौँ । सिंहदरबार परिसरभित्र रहेको केन्द्रीय क्यान्टिनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आकस्मिक अनुगमन गरेको छ । आइतबार विभागको बजार निरीक्षण अधिकृतको टोलीले अनुगमन गरेको हो ।
सो क्रममा उक्त क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ भेटिएको छ । यसका साथै दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको छ ।
साथै उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृह र सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरितको कसुर गरेको भन्दै ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ फागुन २०७९, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्जमा बजार अनुगमन : तीन होटेललाई कारबाही
म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद
एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन
एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन
निर्वाचनका बेला रोकिएको बजार अनुगमन सुरु
खाद्य तथा पेय पदार्थ बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन