परराष्ट्रमन्त्री पौड्याल जेनेभा उड्नै लाग्दा प्रधानमन्त्री प्रचण्डले रोके

सफल खबर संवाददाता

आइतबार, १४ फागुन २०७९, १८ : ३६
परराष्ट्रमन्त्री पौड्याल जेनेभा उड्नै लाग्दा प्रधानमन्त्री प्रचण्डले रोके

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालको तय भइसकेको विदेश भ्रमण रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्री पौड्यालको आज (आइतबार) तय भइसकेको विदेश भ्रमण रोकिदिएका हुन् ।

नेकपा एमालेबाट मन्त्री बनेकी हुन् पौड्याल । तर, सरकारबाट एमाले बाहिरिने भएपछि प्रधानमन्त्री प्रचण्डले उनको विदेश यात्रा रोकेका हुन् । मन्त्री पौड्याले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकमा भाग लिन आइतबार जेनेभा जाने कार्यक्रम थियो । तर, अन्तिम घडीमा आएर उनको विदेश यात्रा रोकिएको छ ।

मन्त्री पौड्याल जेनेभाको कार्यक्रममा सहभागी भएपश्चात् कतारको दोहामा हुने कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस