आइएमई पे को पे विथलिंक बैंक सुविधा

सफल खबर संवाददाता

आइतबार, १४ फागुन २०७९, १३ : ३३
आइएमई पे को पे विथलिंक बैंक सुविधा

काठमाडौँ । आइएमई पे ले पे विथलिंक बैंक सुविधाथप गरेको छ । यो सुविधाअन्तर्गत अवदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरि आइएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सकिने छ । 

यो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक लिंक गरे वापत रू. १००÷– र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यास ब्यकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । टपअपको भुक्तानीमा ५ प्रतिशत क्यास ब्याक, क्यूआर भुक्तानी एवम् क्यूएफएक्सको मुभी टिकटमा क्यास ब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा रू. २ सय ५० देखि ७ सय सम्मको क्यासब्याक बैंक लिंकगरि कारोबार गर्दा प्राप्त हुनेछ । 

थपिएको यस सेवाले बैंक प्रयोगकर्ताहरूलाई लिंक बैंकबाट नै सजिलोसँग भुक्तान गर्न मिल्ने विशेषता प्रदानग र्दछ भने ठूलो रकमको भुक्तानीमा पनि सिधैं पे विथलिंक बैंक छनोट गरि भुक्तान गर्न सकिन्छ ।