राष्ट्रपति निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने

सफल खबर संवाददाता

शुक्रबार, १२ फागुन २०७९, १२ : ०९
राष्ट्रपति निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने

काठमाडौं । राष्ट्रपति निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार  मतदाता नामावलीमा समावेश नाममा दावी विरोध र उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशन गरिँदै छ । 

२५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका प्रकाशित मतदाता नामावलीमाथि परेका दावी विरोध र उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन आयोगले जनाएको छ । 

शुक्रबार मध्यान्हसम्म दावी विरोध र उजुरीमाथि छानविन गर्ने र अपरान्ह ३ देखि ४ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । यसैगरी १३ फागुन अर्थात् शनिबार मनोनयन दर्ताको समय तोकिएको छ । राष्ट्रपतिका लागि २५ फागुनमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।  
 

प्रतिक्रिया दिनुहोस