स्वास्थ्यमन्त्री गिरी र डब्ल्यूएचओ प्रमुख गेब्रेयससबीच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, ११ फागुन २०७९, ०८ : २४
स्वास्थ्यमन्त्री गिरी र डब्ल्यूएचओ प्रमुख गेब्रेयससबीच भेटवार्ता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयसससँग भेटवार्ता गरेका छन् । विरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्ड पुगेका मन्त्री गिरीले गेब्रेयसससँग भेटवार्ता गरेका हुन् । 

भेटमा मन्त्री गिरी र गेब्रेयसबीच विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान, खोपबाट बचाउन मिल्ने रोगहरूको नियन्त्रण, रोकथाम र उन्मूलनमा खेलेको भूमिकालगायत विषयमा छलफल भएको छ । 

डा. गेब्रेयससले नेपालले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको भन्दै डब्ल्यूएचओले गरिरहेको सहयोगलाई निरन्तर दिने प्रतिबद्धता जनाएका मन्त्री गिरीको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस