चन्द्र भण्डारीको अवस्थामा सुधार, मुखबाटै खाना खुवाउन थालियो

सफल खबर संवाददाता

बुधबार, १० फागुन २०७९, १४ : २३
चन्द्र भण्डारीको अवस्थामा सुधार, मुखबाटै खाना खुवाउन थालियो

काठमाडौं । मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचाररत सांसद चन्द्र भण्डारीलाई बुधबारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ । यसअघि पाइपबाट खाना खुवाउँदै आएकामा बुधबारदेखि भने मुखबाटै खाना खुवाइने सांसद भण्डारीसँगै रहेका योगराज कँडेलले जानकारी दिए ।

३ फागुनको राति घरमा ग्यास चुहिएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको उपचारका क्रममा ४ फागुनमा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

सांसद भण्डारीलाई भने ४ फागुनमा थप उपचारका लागि मुम्बई लगिएको थियो । मुम्बईको नेशनल बर्न्स सेन्टरमा भण्डारीलाई दिइएको अक्सिजनको मात्रा पनि घटाइएको छ । यसअघि ८ लिटर अक्सिजन  दिइएकामा बुधबार विहान ७ बजेदेखि ६ लिटरमा झारिएको छ ।