बागलुङ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिरमा पूजा आराधना गरेकी छिन् ।
मुल पूजारी जयबहादुर खड्काबाट १० मिनेट पूजा आराधनापछि राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए ।
कालिकाको दर्शनका लागि राष्ट्रपति नेपाली सेनाको हेलिकोप्टरबाट बिहान बागलुङ बजार आइपुगेकी हुन् । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० फागुन २०७९, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस