माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्रै : मेटमणि चौधरी

सफल खबर संवाददाता

मंगलबार, ०९ फागुन २०७९, १३ : २१
माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्रै : मेटमणि चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद मेटमणि चौधरीले माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्र भएको दाबी गरेका छन।

चौधरीले केही बेर अगाडि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राष्ट्रपतिको उम्मेदवार बन्न पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आधिकारिक प्रस्ताव नआएको र कुनै पनि भेटघाट नभएको दाबी गरेका हुन ।

उनले फेसबुकमा, ‘भ्रममा नपरौ । हिजो देखि राष्ट्रपति बिषयमा बजारमा खुबै चर्चा छ तर आज सम्म न कुनै आधिकारिक प्रस्ताव छ न त कुनै भेटघाट । समय समयमा यस्ता अफवाहहरू आउँछ र समयक्रममा त्यो हराएर जान्छ । यसैले कसैले पनि भ्रममा नपरौ । मिडियामा आएको कुनै पनि समाचारमा आाधिकारिकता छैन ।’ सञ्चारमाध्यममा राष्ट्रपतिको विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालबीच भेटवार्ता भएकोबारे समाचार आएको थियो । यस्तै, माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न केपी शर्मा ओलीको प्रस्ताव भन्ने समाचार आएको थियो ।

प्रतिक्रिया दिनुहोस