एजेन्सी । ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका, भत्केका राजमार्ग र ढलेका रुख देखिन्छन् । उक्त शहरमा ३५ जनाले ज्यान गुमाएका राज्य सरकारले बताएको छ । उबातुबा शहरमा पनि एक बालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
साओ पाउलो शहरको उत्तरी तटीय क्षेत्रमा दुई सय २८ जना घरबारविहीन भएका तथा तीन सय २८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अधिकारीहरूले बाढीपहिरामा हराएका तथा घाइते भएकाहरूका बारेमा जानकारी दिएका छैनन् ।
साओ पाउलो राज्यका गभर्नर टार्सिसियो डे फ्रेटासले बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि तटवर्ती पाँच शहरमा आपत्काल घोषणा गरेका छन् । साथै उनले उद्धार तथा राहतका निम्ति १५ लाख अमेरिकी डलर निकासा गरेका छन् । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले बाढी प्रभावित क्षेत्रको आज भ्रमण गर्नुहुने भएको छ ।
जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिका कारण ब्राजिलमा अकल्पनीय प्रभाव परिरहेको छ । गत वर्षको मुसलधारे वर्षाका कारण पेट्रोपोलिस शहरमा दुई सय ३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०८ फागुन २०७९, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्जेन्टिनासँगको हारपछि ब्राजिलका प्रशिक्षक बर्खास्त
विश्वकप छनौटमा बराबरीमा रोकियो ब्राजिल
ब्राजिलको सुप्रिम कोर्टबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
चिलीमाथि ब्राजिलको कमब्याक जित