काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन् । नेपाल जेसिसको कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै नेता सिंहले नेपाली कांग्रेसको उम्मेदवार राष्ट्रपति हुने दाबी गरेका हुन् ।
‘राजनीतिक शक्ति सन्तुलनका लागि राष्ट्रिय सहमतिका साथ राष्ट्रपति बनाउन प्रयास गर्छाैं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ,’ सिंहले भने । उनले नेपाली कांग्रेसबाट को राष्ट्रपति उम्मेदवार बन्ने भन्नेबारे केही बताएनन् ।
सत्ता गठबन्धनको एक प्रमुख घटक नेकपा एमालेले राष्ट्रपतिमा दाबी गरिरहेको छ भने नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडान लिएको छ । यही विवादका बीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने रणनीतिमा छ । कांग्रेस नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको खेल स्वाभाविक हुने समेत बताए ।
यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ फागुन २०७९, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि