काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्यान्ड विरुद्ध राम्रो सुरुवात गरेको छ। टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले स्कटल्यान्ड विरुद्ध राम्र बलिङ गरेको हो।
स्कटल्यान्डले ६३ रन जोड्दा नेपालले ४ विकेट लिएको छ। ३४ रनमा पहिलो विकेट गुमाएको स्कटल्यान्डले ५१ रन जोड्दा दोस्रो विकेट गुमाएको थियो। त्यसपछि ५८ रनमा तेस्रो विकेट गुमाउँदा ६३ रन जोड्दा चौंथो विकेट गुमायो।
नेपालका लागि नेपालका लागि कुशल मल्ल र सन्दीप लामिछानेले समान २–२ विकेट लिए। स्कटल्यान्डका लगि ओपनर क्रिश्टोफर म्याकब्राइडले २२ रन बनाउँदा कप्तान रिचाइ बेरिङ्गटनले १९ र टोमस म्याकिनटोसलेपनि १९ रन बनाए।
अहिले ब्रान्डन म्याकमुलन र क्रिश ग्रेभस क्रिजमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ फागुन २०७९, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्कटल्यान्डमाथि नेपालको सहज जित