काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन्। अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार भएको निर्वाचनबाट बडाल अध्यक्ष निर्वाचित भएका हुन्। उनी निवर्तमान महासचिवसमेत हुन्।
अध्यक्षका लागि बडालसँगै आरसी लामिछाने, मोती विक, लोकेश निरौला र वाङछु योञ्जनले उम्मेदवारी दर्ता गराएका थिए। यस्तै, उपाध्यक्षमा गोविन्द गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन्। महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्।
सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईं, अञ्जना सिवकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन्। बिहीबार भएको निर्वाचनमा १ हजार ५१७ मत खसेको थियो।
विजयी नयाँ नेतृत्वको औपचारिक घोषणा भने हुन बाँकी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ फागुन २०७९, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताको बर्खिलाप गर्ने काम भए आवश्यक कदम चाल्छौँ: अनेरास्ववियु
स्नेहा केसीले पाइन् अनेरास्ववियुको निर्वाचित कमिटीमा सर्वाधिक मत
अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया विजयी : को को भए निर्वाचित ?
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान
अनेरास्ववियुको निर्वाचन कार्यतालिका संशोधन, आज राति ८ बजेदेखि मतदान हुने