सांसद भण्डारीको मुम्बइमा उपचार शुरु, आज सर्जरी हुने

सफल खबर संवाददाता

शुक्रबार, ०५ फागुन २०७९, ०८ : ०३
सांसद भण्डारीको मुम्बइमा उपचार शुरु, आज सर्जरी हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको उपचार शुरु भएको छ । भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उनको उपचार सुरु भएको हो । 

बुधबार राति बुद्धनगरस्थित घरमा भएको आगलागीको घटनामा गम्भीर घाइते भएका उनको आईसीयुमा उपचार भइरहेको जनाइएको छ । उनलाई कीर्तिपुरको बर्न अस्पताल हुँदै भारत रिफर गरिएको थियो । 

अस्तालका अनुसार आज विहान भण्डारीको शरीरमा फ्लुडको मात्रा डवल गरिनेछ । सोपछि आज शुक्रबार विहान १०ः३० बजे पहिलो सर्जरी गरिने र दिउँसो १ः३० वजे दोस्रो सर्जरी गरिनेछ ।