आइएमई पेबाट अब सजिलै ट्राफिक फाइन तिर्न मिल्ने

सफल खबर संवाददाता

विहीबार, ०४ फागुन २०७९, १५ : ५३
आइएमई पेबाट अब सजिलै ट्राफिक फाइन तिर्न मिल्ने

काठमाडौँ । आइएमई पेमार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ ।

ग्राहकवर्गहरूलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सक्ने छन्  ।

ग्राहकवर्गहरुले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा जारी गरिएको हो । ट्राफिक फाइन तिर्नकालागि ग्राहकहरूले आइएमई पेको एपमा गवर्नमेन्ट सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गर्न सक्नेछन् ।