मोलुङ हाइड्रोको आइपीओ आजबाट बिक्री

सफल खबर संवाददाता

विहीबार, ०४ फागुन २०७९, १० : ३४
मोलुङ हाइड्रोको आइपीओ आजबाट बिक्री

काठमाडौँ । मोलुङ हाइड्रोपावरले बिहीबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आज फागुन ४ गतेदेखि २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको हो।

यसमध्ये १०५ अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५५ अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।

बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।