कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

विहीबार, ०४ फागुन २०७९, ०९ : २८
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौ । आज केही प्रदेशमा मौसम आंशिक बदली रहे पनि बाँकी भू-भागमा सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

अहिले बिहान प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।

भोलि (शुक्रबार) प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको हुने महाशाखाले जनाएको छ।

तराईका एक-दुई स्थानमा लागेको हुस्सु मध्यान्न सम्ममा सुधार हुने सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस