काठमाडौ । नेपाली कांग्रेसका सांसदसमेत रहेका नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्।
उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो।
भण्डारीको ८६ वर्षकी आमा हरिकलासमेत घाइते भएकी छन्।
उनीहरूको कीर्तिपुरमा रहेको बर्न अस्पतालको आइसियुमा उपचार जारी छ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर बिस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको उपचार जारी रहेको जानकारी दिए।
महामन्त्री शर्मा कीर्तिपुरस्थित अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर फर्किएका हुन्।
चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको गुल्मी १ बाट निर्वाचित सांसद भण्डारीको सचिवालयले जानकारी दिएको छ।
उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर बिस्फोट भएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ फागुन २०७९, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी
यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो: नेता भण्डारी
उमेरले होइन, सोचले युवा हुनुपर्छ : चन्द्र भण्डारी
कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी
राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी
कांग्रेस सभापतिमा मेरो आकाङ्क्षा छ : चन्द्र भण्डारी