अनेरास्ववियुमा अध्यक्षका लागि भोली निर्वाचन हुने

सफल खबर संवाददाता

बुधबार, ०३ फागुन २०७९, १८ : ३६
अनेरास्ववियुमा अध्यक्षका लागि भोली निर्वाचन हुने

काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्वको छनोटका लागि बुधबार दिउँसो १२ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । निर्वाचन प्रक्रिया सुरु भएसँगै बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने बताइएको छ ।

मंगलबार उद्घाटन भएको २३औं महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । १० सचिवमा ३ महिला, एक समावेशी र ६ खुला निर्वाचित हुनेछन् । अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला, मोति विक, झविन्द्र खत्री र महासचिव समिक बडालको दाबी रहेको छ ।

उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ । त्यसैगरी, महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस