काठमाडौं । नेकपा माओवादी केन्द्रका सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी केन्द्रीय सदस्य सरह हैसियत हुने भएको छ । प्रदेशका पदाधिकारी केन्द्रीय सदस्य सरह हैसियत हुने भएपछि केन्द्रीय समिति बैठकमा समेत सहभागी हुने भएका हुन् । सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश गरेर १० प्रदेश छन् ।
माओवादी केन्द्रमा पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति बैठकपछि प्रदेश पदाधिकारीलाई केन्द्रीय समिति सरह मान्यता दिएको एक प्रदेश अध्यक्षले बताए ।‘पहिला प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य सरहको मान्यता दिएको थियो । केन्द्रीय समिति बैठकमा सहभागिता जनाउँदै आएका थियौं’ ती प्रदेश अध्यक्षले भने, ‘अहिले प्रदेश पदाधिकारी ९ जनालाई केन्द्रीय सदस्य सरह मान्यता छ । सबै केन्द्रीय समिति बैठकमा सहभागी हुन पाइने भयो ।’
प्रदेशको अध्यक्ष भने तत्कालीन पार्टीको पोलिटब्यूरो सदस्य सरहको मान्यता दिएको ती अध्यक्षले बताए । यद्यपि माओवादी पोलिटब्यूरो सदस्य बन्न चाहने अकांक्षी धेरै भएपछि गठन हुन सकेको छैन ।
यस्तै माओवादी प्रदेश र जिल्ला सह–इन्चार्जको व्यवस्था हटाएको छ । यस्तै जनवर्गीय संगठनको समेत सह–इन्चार्जको नराख्ने भएको छ । इन्चार्ज र अध्यक्ष हुँदाहुँदै सह–इन्चार्ज समेत हुँदा थप विवाद हुन थालेपछि हटाएको बताएको छ । अहिले माओवादीले प्रदेश, जिल्ला र स्थानीय पार्टी कमिटीलाई सक्रिय बनाएको छ । अब फागुन र चैत दुई महिना संगठन सुदृढिकरण अभियान चलाई राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन