काठमाडौं । नेकपा माओवादी केन्द्रका सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी केन्द्रीय सदस्य सरह हैसियत हुने भएको छ । प्रदेशका पदाधिकारी केन्द्रीय सदस्य सरह हैसियत हुने भएपछि केन्द्रीय समिति बैठकमा समेत सहभागी हुने भएका हुन् । सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश गरेर १० प्रदेश छन् ।
माओवादी केन्द्रमा पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति बैठकपछि प्रदेश पदाधिकारीलाई केन्द्रीय समिति सरह मान्यता दिएको एक प्रदेश अध्यक्षले बताए ।‘पहिला प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य सरहको मान्यता दिएको थियो । केन्द्रीय समिति बैठकमा सहभागिता जनाउँदै आएका थियौं’ ती प्रदेश अध्यक्षले भने, ‘अहिले प्रदेश पदाधिकारी ९ जनालाई केन्द्रीय सदस्य सरह मान्यता छ । सबै केन्द्रीय समिति बैठकमा सहभागी हुन पाइने भयो ।’
प्रदेशको अध्यक्ष भने तत्कालीन पार्टीको पोलिटब्यूरो सदस्य सरहको मान्यता दिएको ती अध्यक्षले बताए । यद्यपि माओवादी पोलिटब्यूरो सदस्य बन्न चाहने अकांक्षी धेरै भएपछि गठन हुन सकेको छैन ।
यस्तै माओवादी प्रदेश र जिल्ला सह–इन्चार्जको व्यवस्था हटाएको छ । यस्तै जनवर्गीय संगठनको समेत सह–इन्चार्जको नराख्ने भएको छ । इन्चार्ज र अध्यक्ष हुँदाहुँदै सह–इन्चार्ज समेत हुँदा थप विवाद हुन थालेपछि हटाएको बताएको छ । अहिले माओवादीले प्रदेश, जिल्ला र स्थानीय पार्टी कमिटीलाई सक्रिय बनाएको छ । अब फागुन र चैत दुई महिना संगठन सुदृढिकरण अभियान चलाई राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था