काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल भएको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले नेपालमा राष्ट्रपति चयनका लागि निर्वाचन आउँदै गर्दा आफू अनुकूलको व्यक्तिलाई बनाउन शक्ति राष्ट्रको चलखेल भइरहेको बताएका हुन् ।
सोमबार र मंगलबार भारतीय विदेशसचिव विनयमोहन क्वात्राको नेपाल भ्रमण र नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरुको भइरहेका भेटघाटलाई लक्षित गर्दै उनले नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन खेल भएको बताएका हुन् ।
पहिलो अप्रत्यक्ष रुपमा हुने शक्ति राष्ट्रहरुको हस्तक्षेप अहिले प्रत्यक्ष रुपमै भएको बताएका अध्यक्ष केसीले सत्ता र शक्तिको लुछाचुँडीले गणतन्त्र नै खतरामा पर्ने दृष्य देखिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रको चाबी समातेको नेतृत्व नै भ्रष्ट छ : चित्रबहादुर केसी
सत्ता र शक्तिमा बस्नेहरूबाट देश बर्बाद भयो : चित्रबहादुर केसी
विदेश गएका छोराछोरी आउँदैनन्, अब भ्रष्टाचार गर्न पर्दैन : चित्रबहादुर केसी
पीडितलाई १० लाख दिएर समस्या समाधान हुँदैन परिवारको रेखदेख गर्नुपर्छ : चित्रबहादुर केसी
मानव अधिकारका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेका छन् : चित्रबहादुर केसी
अब यो लोकतन्त्र गयो भने हाम्रै कारणले जान्छ : चित्रबहादुर केसी