काठमाडौं । नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु) को महाधिवेसनको नयाँ नेतृत्व चयनका लागि आजवाट मतदान प्रक्रिया सुरु हुने भएको छ ।
लामो समय निर्वाचनवाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिवाट नेतृत्व चयन हुन नसकेमा मतदान पक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो ।
त्यसका लागि निबर्तमान अध्यक्ष सुनिता बरालले हिजो नै आफनो कमिटी भंग भएको भन्दै भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलको घोषणा गरिसकेकी छिन्
जसमा खिमलाल भट्टराई, बिनोद ढकाल, रचना खडका, माधव ढुंगेल, किशोरबिक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहेका छन् ।
अखिलको भावी नेतृत्वको लागि बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।
‘निः शुल्क शिक्षा, स्वास्थ्य र पुर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल संगठन, स्वबियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिसन को हिजो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरिसकेका छन ।
महाधिवेसन २–४ फागुनसम्म काठमाडौंमा आयोजना हुनेछ । महाधिवेसनमा सहभागी हुन देशभरीवाट १०८० प्रतिनिधि आएका छन ।
निवर्तमान अध्यक्ष बरालका अनुसार जारी महाधिवेसका मुख्य उदेश्य भनेको नेतृत्व छनौट गर्ने हो । उनका अनुसार जारी महाधिवेसनले १९९ सदस्सीय केन्द्रिय समिति तथा तीनवटा केन्द्रिय आयोग पनि निमार्ण गर्नेछ । प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन ।
उनका अनुसार सहमतीयवाट आज नेतृत्व चयन हुन नसकेमा बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)