काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष सहित २२ पदाधिकारी गठन गरी सकेको छ । यस्तै स्थायी समिति ४४ जना, केन्द्रीय समिति ३८६ जना र वैकल्पिक केन्द्रीय सदस्य २०२ जना राखेर सर्कुलर जारी गरियो । तर, पार्टीको महत्वपूर्ण निकाय पोलिटब्यूरो गठन गरेर सर्कुलर गरिएन ।
गत असारमा बसेको केन्द्रीय समिति बैठकमा १२५ जना पोलिटब्यूरो बनाउने प्रस्ताव गरिएको थियो । पोलिटब्यूरो सदस्यमा को कोलाई राख्ने भनेर नाम समेत प्रस्ताव गरियो । तर, पोलिटब्यूरो सदस्यमा कतिपयले नाम छुटेको भन्दै आपत्ति जनाएपछि अर्को बैठक थप्ने भन्दै सकियो । तर, पछि बसेको पदाधिकारी बैठक,स्थायी समिति बैठकले पोलिटब्यूरो गठन नगरेर सर्कुलर जारी ग¥यो । अहिले माओवादी केन्द्रमा पोलिटब्यूरो सदस्य गठन गरिएको छैन । पार्टीको महाधिवेसन सकिएको १ वर्ष नाघ्दा समेत पोलिटब्यूरो गठन हुन सकेको छैन ।
पोलिटब्यूरो किन गठन गरिने भन्ने प्रश्नमा पार्टीमा पोलिटब्यूरो किन गठन गरिएन भन्ने प्रश्नमा महासचिव देव गुरुङले समय अनुसार आवश्यकता अनुसार गठन गरिने बताए । ‘यदी पोलिटब्यूरो गठन भयो भने सबैलाई थाहा भइहाल्छ । विधानमा खारेज गरिएको छैन । त्यसैले खारेज भन्न मिल्दैन’ रातोपाटीसंग कुरा गर्दै गुरुङले भने, ‘अब आवश्यकता अनुसार गठन गर्छौं त्यसपछि सबैलाई जानकारी हुन्छ भन्ने लाग्छ ।’ तर, पार्टी सचिव गणेश शाहले पोलिटब्यूरोमा बस्न चाहने नेताको संख्या धेरै भएपछि गठन गर्न नसकिएको बताए । अब बस्ने केन्द्रीय समिति बैठक सकिएपछि पोलिटब्यूरो गठन हुन सक्ने शाहले दाबी गरे । ‘पोलिटब्यूरो सदस्यमा को कोलाई राख्ने भनेर गृह कार्य गरिएको थियो । पोलिटब्यूरोमा बस्न चाहनेको संख्या धेरै भयो । फाइनल हुन सकेन’ शाहले भने, ‘तर, पोलिटब्यूरो खारेज भएको छैन । गृह कार्य गरेर टुंगो लाग्छ । अबको ३ महिनाभित्र गठन हुन सक्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ फागुन २०७९, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था