कांग्रेस सभापति देउवा र भारती विदेश सचिव क्वात्राबीच भेटवार्ता

सफल खबर संवाददाता

सोमबार, ०१ फागुन २०७९, १९ : ३८
कांग्रेस सभापति देउवा र भारती विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय विदेश सचिव विनय मोहन क्वात्राले भेटवार्ता गरेका छन् । 

सभापति देउवालाई भेट्न सोमबार अपराह्न विदेश सचिव क्वात्रा  देउवा निवास पुगेका हुन् । 

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव क्वात्रा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान नेपाल आइपुगेका थिए । 

प्रतिक्रिया दिनुहोस