काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा नजाने भएको छ । सोमबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समितिको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो ।
बैठकमा सहभागी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सत्ता गठबन्धन दलबीच भएको सहमतिअनुसार भए सरकारमा सहभागी हुन पनि सकिनेछ । तर, उक्त सहमति नहुँदा तत्काल रास्वपा सरकारमा सहभागी हुन नसक्ने उनले बताए ।
पार्टी सभापति रवि लामिछानेको नागरिकता विवाद मुद्धामा सर्वाेच्चले दोषी ठहर गरेपछि स्वतः रुपमा मन्त्री पद खारेज भएको थियो भने पार्टी सरकारबाट बाहिरिने निर्णय भएको थियो ।
पार्टी सरकारबाट बाहिरिनुको एउटै कारण थियो– गृह मन्त्रीमा लामिछानेलाई पुनः नियुक्त । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वाेच्चको पूर्ण फैसला र राहदानी विवाद नसल्टिएको अवस्थामा लामिछानेलाई पुनः गृह मन्त्रालय फर्काउन चाहेका थिएनन् ।
रविलाई गृह मन्त्री बनाउन प्रचण्ड तयार नभएपछि रास्वपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो । रास्वपा माघ २२ गते पत्रकार सम्मेलन आयोजना गरेर सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ फागुन २०७९, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आतंकवादविरुद्ध सरकारको अडानको रास्वपाले गर्यो स्वागत
जीवी राईलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सरकारलाई रास्वपाको प्रश्न
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
तोकिएकै समयमा अधिवेशन गर्न रास्वपाको निर्देशन
सरकारले शिक्षकहरूमाथि शक्ति प्रदर्शन गरेको भन्दै रास्वपाले जनायो आपत्ति
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज