काठमाडौं । आफ्नै पार्टी संलग्न सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिँदा नेकपा एमालेका नेताहरूले भने विरोध जनाइरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जनयुद्ध दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
तर यसप्रति सत्ता साझेदार दल एमालेका नेताहरू भने असन्तुष्ट देखिएका छन्। यसै क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि जनयुद्ध दिवसमा बिदा दिनुलाई अनावश्यक ठानेका छन्।
उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम् उपलब्धि हो– गणतन्त्रको स्थापना। गणतन्त्र दिवसले ती सबैको यथोचित् सम्मान भएको थिएन र ?’
एमालेका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पनि सरकारले जनयुद्ध दिवसको बिदा दिएर समाजमा विभाजन ल्याउन खोजेको आरोप लगाएका छन्।
‘माओवादीको न संसदमा बहुमत छ न सरकारमा। उसलाई ‘जनयुद्ध’ जति प्रिय छ, अरूलाई त्यति नै अप्रिय छ’, रिजालले पनि सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यसैले ११ प्रतिशतले ८९ प्रतिशतमाथि आफ्नो निर्णय लाद्नु कदापि बुद्धिमानी होइन। अरूलाई अक्करमा पारेर माथि हात पारेको ठान्नु आत्मरति मात्र हुन्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ फागुन २०७९, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप
एमालेले के माओवादी फकाउन खोज्दैछ ? यी तीन घट्ना, जसले तरंगित बनाउँदैछ राजनीति
एमाले सचिवालय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने
एमाले संसदीय दलको बैठक जारी