राष्ट्रिय सभा सदस्य दसौंदीले लिए शपथ

सफल खबर संवाददाता

शुक्रबार, २७ माघ २०७९, १६ : १०
राष्ट्रिय सभा सदस्य दसौंदीले लिए शपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले शपथ लिएका छन् । उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप-निर्वाचनबाट दसौंदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि  उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस