एसियन हाइड्रोपावरको आइपीओ आजदेखि भर्न पाइने

सफल खबर संवाददाता

शुक्रबार, २७ माघ २०७९, १० : १०
एसियन हाइड्रोपावरको आइपीओ आजदेखि भर्न पाइने

काठमाडौँ । एसियन हाइड्रोपावरले शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ।

कम्पनीले आज माघ २७ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला हो। यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४।७१५ अर्थात ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो। जसमध्ये १०५ अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ।

यस्तै, ५५ अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २५ ९१६ हजार ८ सय कित्ता० कर्मचारीहरुलाई छुट्याइएको छ। बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन्।

यसमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ।