आइएमई पे र श्रीयोग कन्सल्टिङवीच सम्झौता

सफल खबर संवाददाता

विहीबार, २६ माघ २०७९, १६ : ०७
आइएमई पे र श्रीयोग कन्सल्टिङवीच सम्झौता

काठमाडौँ । आइएमई पे र श्रीयोग कन्सल्टिङबिच एक सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहने छ ।

श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ यो सम्झौता गरिएको हो । श्रीयोग डट कमका दक्षकामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नेछन ।

यही फेब्रुअरी ८ देखि संचालनमा रहने यो सम्झौता पश्चात आम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने बानीको विकास हुँदै जाने दुवै कम्पनीले विश्वास राखेका छन् ।