हेटौंडा । मकवानपुरको रामधुनी सिमसारमा घाँस काट्न गएकी एक महिला बाघको आक्रमणमा परेर घाइते भएकी छिन् ।
हेटौंडाको रामधुनीकी ५७ वर्षीय मइतीकुमारी बयलकोटी रहेको प्रहरीले जनाएको छ । ढाड, निदार र ओठमा चोट लागेकी उनको हेटौंडामा उपचार भइरहेको छ ।
उक्त क्षेत्रमा केही दिनदेखि घरपालुवा जनावर बाख्रा, सुँगुरगाई निरन्तर बाघले आक्रमण गरिरहेको स्थनीयबासिन्दाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ माघ २०७९, २० : ३१
लेखकबाट थप