परराष्ट्रमन्त्री पौड्याल र युएसएआईडी प्रमुख सामन्था पावरबीच भेट

सफल खबर संवाददाता

मंगलबार, २४ माघ २०७९, १८ : ५२
परराष्ट्रमन्त्री पौड्याल र युएसएआईडी प्रमुख सामन्था पावरबीच भेट

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी)  प्रशासक सामन्था पावरले मंगलबार परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालसँग भेटवार्ता गरेकी छन् ।

मन्त्रालयमा भएको भेटका अवसरमा नेपाल अमेरिकाबीचको अभिरुचिका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको  छ ।भेटवार्तामा एमसीसी कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अति कम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकका रुपमा स्तरउन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतका विषयमा  छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्री पौड्यालले अ‍मेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् ।

प्रतिक्रिया दिनुहोस