राष्ट्रियसभा उपनिर्वाचनपछि लुम्बिनी प्रदेश सरकार विस्तार हुने

सफल खबर संवाददाता

मंगलबार, २४ माघ २०७९, १६ : ०६
राष्ट्रियसभा उपनिर्वाचनपछि लुम्बिनी प्रदेश सरकार विस्तार हुने

बुटवल । राष्ट्रिय सभाको उपचुनावलगत्तै लुम्बिनी प्रदेश सरकार विस्तार गर्ने तयारी भएको छ । निर्वाचनपछि सरकार विस्तार गर्नको मुख्यमन्त्री लीला गिरीले सत्ता साझेदार दलका नेताहरूसँग भेटघाट गरेका छन् । 

साता रहेका दलहरुसगै प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री गिरीका बीचमा पनि भेटघाट भएको छ । सरकार विस्तार, सरकारको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा मुख्यमन्त्री गिरीले साझेदार दलहरूसँग छलफल गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

 मुख्यमन्त्री गिरीले पहिलो निर्णय नै मन्त्रालयको सङ्ख्या घटाउने गरी  प्रदेशमा १० मन्त्रालय रहनेछन् । अहिले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री गिरी,एमालेका चेतनारायण आचार्य  माओवादीकी कृष्णा केसी मात्रै रहेका छन् । 

उनीहरूलाई  विना विभागीय मन्त्रीको रूपमा राखिएको छ ।यसअघि माओवादी दलका नेता जोखबहादुर महरा मातृ शोकमा परेका कारणले केही दिन रोकिएको राष्ट्रिय सभाको एक सिटका लागि हुने चुनाव बुधबार घोराहीमा हुनेछ ।एमाले उम्मेदवार कुमार दसौदी,प्रमुख प्रतिपक्षी काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस