काठमाडाैँ । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ ।
यसैगरी, उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सदस्य उर्मिला अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने र उक्त प्रश्तावमा देवेन्द्र दाहाल र खिमलाल देवकोटाले समर्थन गर्ने कार्यतालिका छ । राष्ट्रिय सभा अध्यक्षले उर्मिला अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव निर्णयार्थ प्रश्तुत गर्नेछ ।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले विधयान व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन मूल्यांकन विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने लगायत कार्यतालिका रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ माघ २०७९, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शीर्ष नेता र न्यायाधीशको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउन प्रस्ताव
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै
नेम्वाङको शोक प्रस्ताव पारित गर्न बोलाइयो राष्ट्रिय सभा बैठक
राष्ट्रिय सभाको कार्यसूचीमा परेन मिटरब्याज सम्बन्धी विधेयक
राष्ट्रिय सभाको बैठक स्थगित