शुभम् पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

सफल खबर संवाददाता

आइतबार, २२ माघ २०७९, ०९ : ५३
शुभम् पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ । शुभम् पावर लिमिटेडको आइपीओमा आवेदन दिने अन्तिम दिन आज आइतबार रहेको छ। लगानीकर्ताले आज माघ २२ गते आइतबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्।

कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको हो।

यसले सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर थप गरि सर्वसाधारण लागि छुट्याएको थियो। जसअनुसार कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारण लागि छुट्याएको हो।

जसमध्ये १०५ अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ। ५५ अर्थात् २९ हजार ३० कित्ता सामुहिक लगानी कोष र २५ अर्थात् ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ। बाँकी ४ लाख ८१ हजार ८ सय ८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन्।

सीडीएस एन्ड क्किलयरिङ लिमिटेडका अनुसार यस कम्पनीको आइपीओमा शुक्रबार दिउँसो १ः३३ बजेसम्ममा ७ लाख ९३ हजार ७५ जना सर्वसाधारण आवेदकले ८९ लाख ८१ हजार ७ सय ४० कित्ताका लागि आवेदन दिइसकेका छन्। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

यसको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ।