काठमाडौं । जनकपुरबाट हतियारसहित एक मिटरब्याजी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय दिलिप साह रहेका छन् ।
उनको घरबाट प्रहरीले एकथान कटुवा पेस्तोल, ३०३ राइफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थानसहित मिटरब्याज सम्बन्धित कागजात बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले साहको घर तथा पसल खानतलासी गरेको थियो ।
हतियारका साथै दिलिप र उनकी श्रीमती ममता देवी साहको नाममा रहेको राजीनामा फारम सहितको जग्गा धनीपुर्जा ३९ थान, दिलिपको नाममा जग्गा रोक्का रहेको फारम ५ थान, रकम उल्लेख नभई दस्तखत भएको सिटिजन बैंकको चेक १ थान पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।
त्यस्तै उनीहरुको साथबाट कपाली तमसुक १५ थान, खाली कागजमा सहीछाप भएको ६ वटा पाना, लेनदेन मुद्दाको दिलिप साहको नाममा रहेको तारेख पर्चा १४ थान समेत बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ माघ २०७९, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा नक्कली नोटसहित तीनजना पक्राउ
जेनजीका नाममा सरकारी कार्यालयमा आगजनीमा संलग्नको आरोपमा पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ
महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ
जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
जेनजी प्रदर्शनमा एटीएम तोडफोड गरेको आरोपमा युवक पक्राउ