काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी माघ २३ गते हुने राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीले दाबी नगर्ने बताएका छन्।
शनिबार बिहान सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएर बाहिरिएका नेपालले संवाददासँग राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीको उम्मेदवार नहुने स्पष्ट पारेका हुन्।
उनले विपक्षी सबै दलसँग कुरा बुझेर साझा उम्मेदवार उठाउने जानकारी दिए। ‘सबै विपक्षीदलसँग कुरा बुझ्ने र साझा उम्मेदवार उठाउँछौ। त्यसका लागि फेरि बैठक बस्छौं’, उनले भने, ‘यसका लागि कुनै पार्टी विशेषले उम्मेदवार उठाएर मत मागेको छैन व्यक्तिले माग्ने फरक कुरा हो।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ माघ २०७९, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार