काठमाडौं । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गरेकी छन् ।
श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले गएराति त्यहाँका प्रधानमन्त्रीसँग भेट गरी दुई देशबीचको आपसी सबन्ध र सहकार्यका विषयमा छलफल गरेकी हुन् ।
श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेकाले आपसमा सहार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाएको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गरेकी थिइन् ।
शुक्रबार नै उनी श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी भएकी थिइन् । परराष्ट्मनत्री पौड्याल शनिबार विहानै भने श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री सहभागी भएकी छन् ।
उनले आज दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ माघ २०७९, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेरचाह कार्य पेसा मात्र नभएर मानवीयता पनि हो: परराष्ट्रमन्त्री
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन
गठबन्धन सरकार बन्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुग्यो : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री र मुख्यसचिवसँग नवनिर्वाचित परिसंघ पदाधिकारीको छलफल
परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह