एजेन्सी । प्रिमियर लिगमा कीर्तिमानी मूल्यमा अनुबन्धन भएका अर्जेन्टिनी स्टार इन्जो फर्नान्डेजले चेल्सीबाट शुक्रबार डेब्यु गरेका छन्।
तर उनको डेब्युमा क्लब भने फुलह्यामसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो।
जनवरी ट्रान्सफर्ममा फर्नान्डेज १०७ मिलियन पाउन्डमा बेन्फिकाबाट चेल्सीमा आवद्ध भएका हुन्। उनले खेल अवधिभर उत्कृष्ट लयमा देखिए पनि गोल गर्न भने असफल भए। केही राम्रा अवसरका बाबुत फर्नान्डेजले गोल गर्न सकेनन्।
खेलमा चेल्सीले फुलह्यामलाई दवावमा राख्दै ६७ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको थियो। उसले १२ सट प्रहार गरे पनि ३ सट मात्रै टार्गेटमा राख्यो।
फुलह्यामले तुलनात्मक रूपमा बलमा कम नियन्त्रणका बाबजुत काउन्टर अयाट्याक गर्दै १० सट प्रहार गर्दा ४ सट टार्गेटमा राखे पनि गोल गर्न भने सकेन।
बराबरीपछि चेल्सीले लिभरपुललाई पछि पार्दै २१ खेलबाट ३० अंकका साथ नवौँ स्थानमा उक्लिएको छ। २९ अंक रहेको लिभरपुल १० औँ स्थानमा छ। चेल्सीसँग १ अंक खोसेको फुलह्याम २२ खेलबाट ३२ अंकसहित छैटौँ स्थानमा रहेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २१ माघ २०७९, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काराबाओ कप : सेमिफाइनलमा आर्सनल र चेल्सीको भिडन्त
चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि
आर्सनलसँगको हारले अप्ठेरोमा चेल्सी